५३ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने गुरु प्रसाद पक्राउ

११ बैशाख, काठमाडौं ।  ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ बंगलाचुली गाउँपालिका-३ बस्ने २४ वर्षीय गुरु प्रसाद बिसीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गुरु प्रसादले ती महिलालाई काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कस्थित गेष्ट हाउसमा लगी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments