अबैध लागुऔषध सहित एक पुरुष र एक महिला पक्राउ
१० बैशाख, झापा । झापाको मेचीनगर नगरपालिका-१० स्थितबाट २ जना र मेचीनगर नगरपालिका-६ काँकरभिट्टाबाट १ जनालाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।
९ गते बेलुका ५ बजे इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर-१० स्थित राजमार्गमा WB 74Y 7782 नम्वरको स्कुटरलाई रोकी चेक जाँच गर्दा स्कुटर चालक मेचीनगर-६ का ३२ बर्षीय निशान थापा र स्कुटर पछाडि सवार रहेकी भारत सिलिगुढी बस्ने २७ बर्षीया हेनअरा खातुनको साथबाट प्रतिबन्धित लागुऔषध NITROSUN-10 ९५-चक्की र Pyeevon Spas plus २०८ क्याप्सुल फेला परेको हो ।