करेन्ट लागेर २ जनाको मृत्यु

१७ बैशाख, काठमाडौं । खोटाङ र मोरङको छुट्टा छुट्टै दुई स्थानमा करेन्टलागि दुई जनाको मृत्यु भएको छ । हिजो बेलुका पौने पाँच बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ खोटाङका ३६ बर्षीय भिम बहादुर बि.क.लाई स्थानिय रुपेश बजिमय र अर्जुन के.सी.को घरमा काठको काम गरिरहेको अवस्थामा अचानक करेन्ट लागी घाईते भएका थिए ।
घाईते बि.क.लाई तत्काल उपचारको लागी जिल्ला अस्पताल खोटाङ लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

सोही दिन राती पौने ७ बजे मोरङको केराबारी गाउँपालिका-८ स्थित महादेव क्रसरका कामदार स्थानिय २३ बर्षीय टंक लिम्वुलाई क्रसरमा रहेको इनारबाट मोटरले पानी तान्ने क्रममा करेन्ट लागि घाईते भएकोमा तत्काल उपचारको लागि स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएकोमा अस्पताल पुर्‍याउनासाथ लिम्वुको मृत्यु भएको हो ।

घटना सम्वन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments