सात थान भरुवा बन्दुक सहित पक्राउ

१९ बैशाख,काठमाडौं ।  रुपन्देही देवदह नगरपालिका-६ भलुहीस्थित उजेरी पाल्पाली सामुदायिक बनबाट ७ थान भरुवा बन्दुक, सोही बन्दुकमा लाग्ने छर्रा १ सय २५ थान र  करिब २ सय ५० ग्राम बारुद सहित सोही नगरपालिका-६ सताकखोला बस्ने ३६ वर्षीय गणेश राना लगायत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

  उक्त वनभित्र भरुवा बन्दुक सहित मानिसहरु हिडेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी भलुही र ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments