टाैदहमा हाइकु यात्रा सम्पन्न

२५ बैशाख, काठमाडौं । नेपाल हाईकु केन्द्रकाे आयाेजनमा टाैदहमा ऋतुगत हाईकु यात्रा ” सम्पन्न भएकाे छ ।वशन्त ऋतु र मच्छिन्द्र नाथको रथ यात्राको सन्दर्भ जोडेर शनिवार टाैदहमा आयाेजित “ऋतुगत हाईकु यात्रा”  २० जना हाइजिनहरुले हाईकु त्यहाँको प्राकृतिक वातावरणमा विचरण गर्दै स्थलगत रुपमै हाइकु रचना गरि  बाचन समेत गरेका थिए ।

कार्यक्रमकाे शुभारम्भमा बरिष्ठ साहित्यकार, हाँस्यब्यङ्ग लेखक तथा नेपाल हाईकु केन्द्र का अध्यक्ष राम कुमार पाँडेले हाईकुकाेकाे बिकास र विस्तार जापनबाट भएको भए पनि अहिले यसको विश्वब्यापी लोकप्रियता रहेको बताए। प्राकृतिक बिम्ब प्रयोग गरी १७ अक्षरमा लेखिने खँदिलो साहित्य भएकाले यसको सिर्जना गर्न साधना नै हुनुपर्ने बताउँदै उनले ऋत र प्रकृतिको सम्बन्ध रहेकाले यात्रा हाइकुलाई जोड दिएको प्रष्ट पारे ।

कार्यक्रमकाे औचित्य बारे प्रकाश पार्दै नेपाल हाईकु केन्द्रका उपाध्यक्ष डा. मित्रबन्धु पाैडेलले हाईकु यात्रालाई बिगत केही बर्षदेखि निरन्तरता दिँदै आएको उल्लेख गरे । यसअघिका कार्यक्रममा वाचित सिर्जनालाई कृतिका रुपमा संग्रहित गरिएको स्मरण गराउँदै सिर्जनाको अभिलेखिकरण अपरिहार्य रहेकोमा जोड दिए। टौदहको इतिहास र सुन्दरताकाबारे बणर्न गर्दै हाईकु लेखनलाई एक घण्टा समय दिइएको थियो । लेखन कार्य सकिए पछि हाइजिनहरूले टौदहको सुन्दर वातावरणमा तत्काल रचना गरेका १०/१०  हाईकु बाचन गरिएका थिए ।

कार्यक्रममा राम कुमार पाँडे, शिराेमणि दवाडी, राम दयाल राकेश, मित्रबन्धु पाैडेल,घनश्याम गाैतम “नक्कली प्रचण्ड”, किशाेर बज्र बज्राचार्य, पशुपति दँगाल, बिजयराज आचार्य, चन्द्र कला शाह, बिष्णु तिवारी, शान्ति सापकाेटा, गाेपाल नेपाल, किरण पाैडेल, असाेक मान सिँह , सरस्वती पन्त, यादब ढुङ्गाना र पत्रकार सानू घायल लगायतका श्रष्टाहरूले हाइकु सिर्जना प्रस्तुत गरे ! छ ऋतुहरुकाे बिषयमा हाईकु लेख्ने अभियान अनुरुप वसन्त ऋतुका अवसरमा यस बर्षको कार्यक्रम प्रारम्भ गरिएको कार्यक्रम सन्चालक  सन्चारकर्मी शिराेमणि दवाडीले जानकारी गराए ।

यसै अवसरमा डा मित्रबन्धु पौडेलद्वारा रचित अंग्रेजी हाइकु संग्रह “आउट पौर” र डा. यादव ढुङ्गानाद्वारा रचित कविता संग्रह ” भावना -२ “पनि बिमोचन गरिएको थियो।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments