स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँ सहित पक्राउ

२५  बैशाख , मोरङ । विराटनगर महानगरपालिका-१५ बाट स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँ सहित भारत घर भएकी ३० वर्षीया मुन्नी देबी सहनीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई शंका लागी ईलाका प्रहरी कार्यालय रानी (सिमा) कार्यालयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी पठाइएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments