१५ किलो अवैध लागूऔषध गाँजा सहित पक्राउ

२८ बैशाख, बारा । जितपुर सिमरा उपमहानगरपालिका-२१ बाट करिब १५ किलो अवैध लागूऔषध गाँजा सहित भारतीय नागरिक २४ वर्षीय सुरज पाण्डे समेत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना.२ ह १३६४ नम्बरको अटोलाई ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा २ ओटा बोरामा लुकाई ल्याएको उक्त गाँजा सहित फेला पारी अटो चालक पाण्डे समेत ३ जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments