मोटरसाइकल चोरी गरी भाग्दै गरेको आकाश गिरी पक्राउ

२८ बैशाख,पर्सा । पार्किङ गरी राखेको मोटरसाइकलको लक तोडी चोरी गरेर भाग्दै गरेका वीरगंज महानगरपालिका-११ बस्ने २० वर्षीय आकाश गिरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका-८ माईस्थान अगाडि पार्किङ गरी राखेको बारा बिश्रामपुर गाउँपालिका-५  बस्ने २९ वर्षीय लंकेश्वर गुप्ताको ना.३३ प ७१३८ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको नियमित जाँच टोलीले फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनी उपर चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments