स्थानीय तहको निर्वाचन,१६ स्थानमा झडप, ८ स्थानमा हवाईफायर

३० बैशाख, नुवाकोट । स्थानीय तहको मतदान देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएपनि केही स्थानमा भने झडपका घटनाहरु भएका छन् । केही स्थानमा भने प्रहरीले हवाई फायर नै गर्नुपर्ने अवस्था निम्तिएको छ । देशका विभिन्न १६ स्थानमा झडपका घटना भएका छन् ।

स्थिति नियन्त्रणमा लिन हुम्लाको चंखेली गाउँपालिका केन्द्र, ओखलढुंगाको चम्पादेवी गाउँपालिका ९ मिश्रभन्ज्याङको मतदान केन्द्र र रामेछापको दोरम्बा, शैलुङ र खाँडादेवी गाउँपालिका, गोरखाको घ्याल्चोक, सर्लाहीको धनकौलका मतदान केन्द्रमा हवाई फायर, त्यस्तै कौडन्यामा पनि विवाद भएपछि हवाई फायर भएको छ । त्यस्तै बाजुराको बुढनन्दा नपामा हवाइ फायर भएको छ । दैलेखको ठाटीकाँध, काभ्रेको चौरी देउराली ६, बाराको पचरौती २ मा पनि मतदानस्थलमा झडपहरु भएका छन् ।

बाँकेको कोहलपुरमा माओवादी र एमाले कार्यकर्ताबीच खुकुरी हानाहान दुबै पक्षका एक एक जना घाइते भएका छन् । प्रहरी प्रवक्ता विष्णुकुमार केसीले झडप भएका अधिकांश स्थानको स्थिति नियन्त्रणमा आइसकेको र मतदान सुचारु भएको जानकारी दिए । उनले अहिलेसम्म झडप भएका स्थान मध्ये सर्लाहीको धनकौलमा मात्र मतदान रोकिएको जानकारी दिए ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments