बेलकोटगढि १३ मा अत्याधिक मतले नवराज पाण्डे बिजयी

२ जेठ, काठमाडौं । नुवाकोटको जिल्ला बेलकोटगढि नगरपालिका वडा नम्बर १३ को वडाध्यक्षमा नेपाली कांग्रेसका नवराज पाण्डे भारी मतले विजयी भएका छन् ।

पाण्डेले ७ सय ३ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिस्पर्दी  माओबादी केन्द केन्द धन बहादुर तमाङ ले  ४ सय  १७  नेकपा एमाले का पशुपती लोहनी  ३ सय ९४ स्वतन्त्र उमेदवार सोम बहादुर लामा ले २ सय ३८ र राप्रपा का दिपेश पाण्डेले १ सय १ मत प्राप्त गर्नु भएको छ ।  खसेको कुल मत २१ सय २९  सदर मतप्रत्र २ हजार ७१ रहेको छ ।

उनीसँगै महिला सदस्यमा एमाले सिता पाण्डे  एमालेकै  हरिकुमार गुरुवाचार्य, दलित महिला सदस्यमा उर्मिला बिन्दा दर्जी र खुल्ला सदस्यमा अमरसिङ तमाङ विजयी भएका छन् ।

सामाजिक रुपमा अग्रपङ्तिमा रहनु भएका एक सरल , इमान्दार र आफ्नो ठाउमा केहि गर्नु पर्छ भन्ने भावना का धनी व्यक्तित्व पाण्डे चिरपरिचित अनुहार भएकोले पनि लोभलाग्दो मतले बिजयी भएका हुन् । पाण्डे बिजय भए पश्चात् फरक दृस्ठिकोण बाट हेरिएको छ । सामाजिक कार्यमा पहिला देखिनै सक्रियता देखाउदै आएका पाण्डे को जितले अहिले थप ओडा बासिन्दाहरु मा रौनकता प्रदान गरेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments