बालेनले चुनाव जितेर बिकास गरे भने राजनीतिक दलको हालत के होला ?

३ जेठ, काठमाडौं । यति बेला सामाजिक संजाल देखि युवाहरुको मनमा खेलेको एउटै नाम हो काठमाडौंका स्वतन्त्र उमेदवार बालेन साह । उनको उम्मेद्बारी पछि अहिले मतगणना गर्दै गर्दा को चर्चा यति चुलिएको छ कि उनको यो चर्चा उनले गाएका गित भन्दा बढी छ । आफ्नो ठाउँको भन्दा बढी काठमाडौंको मतगणना कति बेला अपडेट हुन्छ भनी सामाजिक संजाल हेर्नेको संख्या बढ्दो छ । बालेनको चर्चा चुलिनुमा अर्को मुख्य कुरा के हो भने जनता राजनितिक दल बाट आर्जित भै सकेका छन् । खोक्रो नारा लगाउन पछि नहट्ने राजनितिक दलका नेताहरु प्रती को भरोसा घट्दै जादा बालेन प्रती भने बढ्दै गएको देखिन्छ ।

हामी बिचार गर्न सक्छौ – कुनै पनि पार्टीको नेताले राजनीति बाहेक अरु कुनै पेशा अपनाएको छैनन् अनि यसै बाट के बुझ्न सकिन्छ भने राजनीति ब्यबसाय हो, पैसा अकुत कमाउने ठाउँ हो । यदि यसो होइन भने किन ठुला नेताहरु भ्रस्टाचार मा संलग्न भएका समाचार आउछन् ? अनि ती नेताहरु लाई किन आफ्नै पार्टीले संरक्षण गरेर राख्छ ?

पार्टी भन्दा माथी उठेर सोच्न किन अरु राजनिती गर्नेहरु सोच्न सक्दैनन् ? स्वतन्त्र भएर आफ्नो बिचार आफ्नै पार्टीमा राख्न किन सक्दैनन् ? समृद्धिको नारा लगाउनेहरु किन आफ्नै समृद्धि गर्न तर्फ मात्रै लाग्छन् ?

यी कुराहरु लाई मनन गर्दा लाग्छ यदि काठमाडौंमा स्वतन्त्र उठेका बालेन ले चुनाव चितेर बिकास गरे भने काठमाडौंका राजनितीक दलहरु को भबिस्य कस्तो होला ? राजनितीक पार्टीलाई जनताले हेर्ने दृस्ठिकोण कस्तो रहला यो भने साच्चै मनन गर्न लाएक बिषय भएको छ ।

स्वतन्त्र उमेदवार बालेन शाहले यो लेख तयार पार्दा सम्म १०२४१ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ५४५३ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ४७४२ मत पाएकी छन् । अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मतगणना भइरहेको छ ।

यो नतिजालाई हेर्ने हो भने बालेनले पाएको मतलाई एक किसिमको जितको मत मान्न सकिन्छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments