नगद लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ

६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका-१३ बाफलबाट नगद १९ हजार ५ सय रूपैयाँ लुटपाट गरेको अभियोगमा भक्तपुर लोकन्थली बस्ने तनहुँ शुक्लागण्डकी नगरपालिका-२ घर भएका २४ वर्षीय उत्तम कार्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा कार्कीले गाडीबाट झर्ने क्रममा सप्तरी राजबिराज नगरपालिका-८ घर भएका ६८ वर्षीय बद्रिनारायण शाहको साथमा रहेको उक्त नगद लुटी भाग्ने क्रममा प्रहरी प्रभाग कलंकीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments