अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ

७ जेठ, कैलाली । धनगढी उपमहानगरपालिका-२ बयाबेहडीबाट करिब २ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ बस्ने २८ वर्षीय शंकर चौधरी, सोही उपमहानगरपालिका-२ बस्ने २३ वर्षीय सरोज चौधरी र सोही उपमहानगरपालिका-३ बस्ने २८ वर्षीय राजा भगत रहेका छन । शंकास्पद अवस्थामा पदैल हिँडिरहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही उपमहानगरपालिका-२ बस्ने २७ वर्षीय पंकज चौधरीबाट खरिद गरी लाएको खुलेपछि पंकजको घर जाँच गर्दा थप ४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर प्रहरीले बरामद गरेको छ ।
हाल फरार रहका पंकजको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments