काठमाडौंमा उदाउँदै बालेन

७ जेठ, काठमाडौं । भनिन्छ युवा परिवर्तनका सँवाहक हुन् । जब जब देशमा परिवर्तनका लागि आन्दाेलन हुन्छ त्यसमा युवाहरुले नै नेतृत्व गरेका हुन्छन् । देशम धेरै परिवर्तन हरु भए तर पनि देशमा नेतृत्व तहमा युवाहरु कहिल्यै पुग्न पाएनन् नेपालकाे राजनिति पनि सत्तरी बर्ष पुगेका र सत्तरी कै सेराेफेराे का नेताहरुले पार्टी चलाई रहेका छन् सरकार चलाई रहेकाछन् । युवाहरु भने राजनितिका, आन्दाेलनका भर्याङ मात्र बनी रहे । राजनितिक दलहरु आफ्नै कुर्सी भागबन्डा, नाताबाद कृपावादमा रुमल्लिरहे र देशमा जन चाहाना अनुरुप  बिकास हुन सकेन ।

यिनै राजनितिक दलहरु प्रतिकाे बितृष्णाका कारण अहिलेकाे स्थानिय चुनाबमा जनताहरुले स्वतन्त्र उम्मेद्वारहरुकाे भराेषा गर्न थालेका छन् । देशकाे राजधानी काठमान्डाैमा  एका एक उदाएका बालेन शाहा यति खेर निकै चर्चामा छन् । चुनाबकाे ३ महिना अगाडि मात्र मेयरमा उम्मेद्वारी दिदैछन् भन्ने सुनिन थालिएकाे बालेन ले यहि तीन महिनामा राजनितिक उथल पुथल गरिदिएका छन् ।

विभिन्न बिद्वान तथा बिज्ञहरु सँग परामर्श लिएर, थुप्रै क्याम्पेनिङ गरेर बालेन ले काठमान्डाै काे मेयरमा उम्मेद्वारी मात्र दिएनन् काठमान्डाै बाट ९० हजार ८ सय ३५ मत ल्याएर चुनाब समेत जित्ने घाेषणा गरे त्यति खेर भने बालेनले नजिते पनि थुप्रै भाेट काट्छ भन्ने अड्कल धेरैले गरेका थिए तर अहिले मत गणना भै रहँदा हरेक वडामा बालेनले अग्रता गरिरहँदा उनकाे भबिस्य वाणी साँचाे हुने अड्कल बाजि गर्न थालिएकाे छ र मतगणना स्थल वरपर स्वस्फुर्त रुपमा युवाहरु जम्मा भएर बालेनका पक्षमा नारा लगाई रहेका छन् । कति युवाहरु त बालेनकाे जित भैसकेकाे नतिजा आउन मात्र बाकि रहेकाे भनेर बिजयि जुलुस समेत गर्न थालेका छन् ।

राजनितिक पार्टीहरुकाे जन चाहना बिपरितका काम भ्रष्टचार, अनियमितता र नाताबाद ले दिक्क भएका जनता अब स्वतन्त्र ब्यक्तिले केही गर्छन कि भनेर बालेन साहालाई भाेट हालेकाे जानकार हरु बताउँछन् । काठमान्डाै मा फाेहाेर, खानेपानीकाे अभाव, प्रदुषण, ट्राफिकजाम, सार्वजनिक शाैचालयकाे अभाव  ढल तथा कर्मचारिकाे ढिला सुस्ति र घुस, कमिशन जस्ता समस्याहरु झन् बढ्दै गईरहेका छन् ।

यिनै समस्याहरुलाई सजिलै हल गर्ने उपाय र ईच्छा शक्ति देखाएका कारण काठमान्डाै काे मेयरमा धेरैले बालेन शाहालाई मत हालेकाे प्रष्ट देखिन्छ । एकथरि नेता हरुले स्वतन्त्र मान्छेले जितेर के हुन्छ ? काम गर्न सक्दैन भन्ने गरेका छन् तर बालेनले काठमान्डाैमा मेयर जितेमा देशका स्वच्छ छवि भएका विशिष्ट ब्यक्तित्वलाई एउटा बिज्ञ टाेली बनाएर उक्त टाेलीकाे सल्लाह अनुसार काम गर्ने र देशकाे समस्या ५ बर्ष भित्र समाधान गरि राजधानीकाे मुहार फेर्ने प्रतिबध्दता ब्यक्त गरेका छन् ।

याे युवाहरु काे जनलहर हेर्दा अब मेयर मा मात्र हाेईन राज्यका विभिन्न सँयन्त्रमा र सरकारकाे नेतृत्व पनि युवालाई दिनु पर्छ भन्ने आवाज गुन्जिन थालेकाे छ ।  बालेन शाहा एउटा ब्यक्ति वा उम्मेद्वार मात्र हाेइनन् बालेन शाहा एउटा अान्दाेलन हुन् एउटा आशा काे दिप हुन् । यदि अब पनि राजनितिक दलहरु र नेताहरु नसच्चिए देशमा थुप्रै बालेन शाह हरु जन्मने निश्चित प्राय भैसकेकाे छ ।

लेखक – घनस्याम गौतम

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments