आज बाट लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, खाना पकाउने ग्यासमा २००

८ जेठ,काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य आज फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ ।
काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको हो ।

त्यसैगरी अब खाना पकाउने ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ ।  निगमका अनुसार बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments