बिबाह गर्छु भनी कोठामा ल्याई करणी गर्ने विक्की समातिए

१० जेठ, ललितपुर । काठमाडौंमा१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कीर्तिपुर नगरपालिका-५ पागां बस्ने २१ वर्षीय विक्की महर्जनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई विवाह गर्छु भनि ललाई फकाई आइतबार राति आफ्नै कोठामा ल्याई महर्जनले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments