सुन भनि सुन जस्तै देखिने फलामका ढिक्का दिने धन बहादुर र देव बहादुर पक्राउ

१० जेठ, रुपन्देही । ठगी गर्नेहरुको ठगी धन्दा पहिला भन्दा अहिले धेरै फरक हुन थालेको छ । त्यस्तै अनौठो ठगी भएको छ । मिति २०७९/०२/०५ गते जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं १० शितलापुर स्थित होटलमा दिउसो अं.१३:३० बजेको समयमा जिल्ला रुपन्देही बुटवल उप-महानगरपालिका वडा नं.१७  बस्ने वर्ष ४० की धन सौमैलाई निम्न स्थान बस्ने निम्न व्यक्तिहरुले तपाईको पुरानो बाँकी रहेको पैसा दिन्छौं भनी होटलमा बोलाई विभिन्न प्रलोभनमा पारी झुक्याई झट्ट हेर्दा सुन जस्तो देखिने गोल्डेन कलर लगाएको फलामको ढिक्का थान- ९ ( ठुलो ढिक्का-१, सानो ढिक्का-८) दिई निज धन सोमैले हातमा लगाएको सुनको चेन (ब्रासलेट) फुत्काई लगी भागी फरार भएकोमा निज महिलालाई ठगी गरी भागी जाने व्यक्तिहरु निम्न स्थानमा लुकीछिपी वसेका छन् भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दै जाने क्रममा कार्यालय मातहत ईलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीबाट खटिएको प्रहरीले मिति २०७९/०२/०७ गते दिउँसो जिल्ला रुपन्देही कञ्चन गाँउपालिका वडा नं १ हात्तीबजार स्थितबाट पक्राउ  गरी ठगी सम्बन्धी कसुरमा सम्मानित रुपन्देही जिल्ला अदालतबाट म्यादथप गरी थप अनुसन्धान कार्य भईरहेको छ ।

पक्राउ पर्नेहरु रुपन्देही गैडहवा गाँउ पालिका वडा नं ९ धुसुवा बस्ने वर्ष ३७ को काके भन्ने धन बहादुर सुनार साथै अर्घाखाँची मालारानी गाँउ पालिका वडा नं ३ स्थायी वतन भई हाल रुपन्देही कञ्चन गाँउ पालिका वडा नं १ हात्तीबजार बस्ने बर्ष ३७ को नविन भन्ने देव बहादुर मगर रहेका छन् ।

                   बरामद भएका सामानहरु

सुन जस्तो देखिने पँहेलो पदार्थ लगाएको फलामको ढिक्का थान- ९ ( ठुलो
ढिक्का-१, सानो ढिक्का-८) र विभीन्न कम्पनीका मोबाईल सेट थान- ४ ।
गोल्डेन रंग सहितको बट्टा थान-१ ।
पिडितको ब्रासलेट गालेर बनाएको १ तोला ७ लाल ८ पोईन्ट सुनको डल्ला ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments