सरकारी जग्गा समेत बैना गरी ५ करोड २० लाख ठगी गर्ने यी व्यक्ति पक्राउ

१३ जेठ, काठमाडौं । सरकारी जग्गा समेत बैना गरी ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर चाँगुनारायण नगरपालिका-७ बस्ने ७२ वर्षीय केशव प्रसाद अधिकारी र भक्तपुर नगरपालिका-८ बस्ने ५८ वर्षीय ईश्वर गाईजु रहेका छन् ।

केशव प्रसाद अधिकारी समेतले भक्तपुर साविक सुडाल गाविस-४ ‘क’ मा रहेको विभिन्न कित्ता नम्बरहरु अर्कैको नाममा रहेको जग्गा सम्बन्धित जग्गा धनीसंग अनुमती नलिई अनुमती लिएको छौ भनी झुक्याउनुका  साथै किता नम्बर ३९९ क्षेत्रफल (०-४-०-० ) सरकारी जग्गा रहेको देखिन आएकोले सो जग्गा समेत बिक्री गर्न करारनामा गरी बैना बापत ५ करोड २० लाख रुपैयाँ पीडितबाट ठगी गरेको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई भक्तपुर नगरपालिका-१० मालपोत गेटबाट पक्राउ गरेको हो ।

  उनीहरुलाई आवश्यक कारवाहीको  लागि  जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments