अन्ततः भेटियो तारा एयर विमान , मौसमले साथ दिए शव पोखरा ल्याउने तयारि

१६ जेठ, मुस्ताङ । पोखराबाट मुस्ताङका लागि उडेर सम्पर्कविहिन भएको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

मुस्ताङको मानापाथी हिमालको फेदीस्थित थासाङ न्याउरिकोटको खोला किनारमा दुर्घटना अवस्थामा विमानका टुक्राहरु भेटिएको उद्धारमा खटिएका नेपाली सेनाको टोलीले जानकारी दिएको हो । त्यस क्षेत्रमा सेनाको हेलिकप्टर जाने तयारी भएको र मौसमले साथदिए यात्रुहरुको शव पोखरा ल्याउने तयारी भएको सेनाले जनाएको छ ।

पोखराबाट बिहान ९:५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान बिहान १०:०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments