मल अभाव भैरहेको बेला बिल बिनाको युरिया मल समातियो
१७ जेठ, काठमाडौं । पश्चिम नवलपरासी जिल्लाको रामग्राम नगरपालिका १३ स्थित पडाटिकार ईलाकाबाट जेठ १५ गते सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयूक्त टोलीले करीव ३२ बोरा युरिया मल बरामद गरेको छ ।
लु २ च १०३२ नम्बरको पिकअप गाडीमा लोड गरि राखेको अवस्थामा उक्त मलको बिल बिजक नभेटिएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त गाडी समेत बरामद गरिएको छ ।
बरामद मल तथा गाडी आवश्यक कारवाहीको लागि राजश्व चुहावट नियन्त्रण कार्यालय बुटवलमा बुझाईएको छ । बरामद सामानको अन्दाजी मुल्य करीव ७ लाख रुपैयाँ रहेको छ ।