कालो गोलभेडा भनेको के हो ? खेती कसरी गर्ने ? जानी राखौँ

२९ जेठ, काठमाडौं । कालो गोलभेडा देख्दा हाम्रो दैनिक प्रयोगमा आउने गोलभेडाकै आकार फरक मात्रै रङ्ग खादामा गुलियो र नुनिलो स्वाद पाइने यो गोलभेडाको बिकास रुसबाट सुरुवात भएको मानिएको छ । भारतको सिक्किमा समेत यसको खेती गर्न थालिएको छ ।

क्यान्सरबाट प्रतिरक्षा गर्ने तत्व साथै नियमित प्रयोग गरे मूटु रोगबाट समेत बच्न सकिने गोलभेडा नेपालको हावापानी मा समेत यसको खेति गर्न सकिन्छ । यसको बोटको उचाई ६ फुट सम्म अग्लो र रोग प्रतिरोधात्मक क्षमता धेरै भएकोले यसमा खासै रोग किराको प्रकोपको डर हुँदैन ।

१८-२१ डिग्री सेल्सियस तापक्रम (६५ -७० डिग्री फारेनहाइट)मा ग्रीनहाउस भित्र यसको खेति राम्रो मानिन्छ ।

ठुला एवंम तारे होटलहरुमा अत्याधिक माग रहेको कालो गोलभेडा अन्य गोलभेडा को तुलनामा धेरै राम्रो मूल्यमा बिक्रि भैरहेको छ ।

कालो गोभेडामा पाइने फ्री रेडिकल्सले क्यान्सरसँग लड्न सहयोग गर्ने बताइएको छ । दैनिक सेवन गर्ने गर्यो भने कालो गोलभेडाले आँखाको बिरामीहरुको लागि पनि फाइदा गर्छ । यसको सेवनले आँखाको तेज बढाउने चिकित्सकहरुले बताएका छन् ।

भिटामिन सि र ए पाइने गोलभेडा मुटु रोेगको वलागि पनि फायदाजनक रहेको छ । कालो गोलभेडाले कोलेस्ट्रोल लेवल नियन्त्रण गर्न पनि कालो गोलभेडा फाइदाजनक हुने गर्छ। ब्लड प्रेशर पनि नियन्त्रण राख्ने हुँदा कालो गोलभेडा स्वस्थ्यको दृष्टिले हेर्ने हो भने कालो गोलभेडाको निकै फाइदा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments