१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने ७ जना पक्राउ

२३ जेठ, बाँके । बाँकेमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको घटनामा संलग्न रहेको अभियोगमा बैजनाथ गाउँपालिका-८ बस्ने २३ वर्षीय राजकुमार थारु लगायत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका-५ चाईना इँट्टाभट्टा नजिक शंकास्पद रूपमा भे.३ प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई २ जना पुरूषले मोटरसाइकलको बिचमा राखी हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो ।

सोधपुछ तथा अनुसन्धानको क्रममा बैजनाथ गाउँपालिका-८ बस्ने १७ वर्षीय किशोरले फेसबुक मार्फत सोही ठाउँस्थित मानखोलाको छेउमा रहेको बंगुरको खोरमा बोलाई राजकुमार थारु लगायत ५ जनाले जबरजस्ती करणी गरेको र २ जनाले जबरजस्ती करणी पश्चात ती किशोरीलाई घरतर्फ छोड्न जान लागेको भन्ने खुल्न आएपछि घटनामा संलग्न ७ जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments