१८ वर्षीय किशोर अवैध लागूऔषध गाँजा सहित पक्राउ

२६ जेठ, मकवानपुर । मनहरी गाउँपालिका-७ स्थित सडकबाट ४ किलो ६ सय ग्राम अवैध लागूऔषध गाँजा सहित हेटौंडा उपमहानगरपालिका-१९ बस्ने १८ वर्षीय किशोरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

चितवनबाट वीरगंजतर्फ जाँदै गरेको ना.५ ख ६५७० नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments