चोरी गरी लैजाँदै गरेको मोटरसाइकल सहित पक्राउ

२७ जेठ, भक्तपुर । चाँगुनारायण नगरपालिका-२ दुवाकोट केएमसी चोकबाट सिन्धुली तिनपाटन गाउँपालिका-६ घर भई काठमाडौं न्यूरोड बस्ने २० वर्षीय भोज बहादुर श्रेष्ठलाई चोरी गरी ल्याएको मोटरसाइकल सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरी आएका भोज बहादुरले बाग्मती प्रदेश ०२-०३३ प ६०९१ नम्बरको मोटरसाइकल लक तोडी चोरी गरी ल्याएको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको   हो । उनलाई नियन्त्रणमा लिने क्रममा उनले हातपात गरी घाइते भएका १ जना प्रहरी जवान कोरियन अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments