जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

२७ जेठ, काठमाडौं । कीर्तिपुर नगरपालिका-४ सल्यानथानस्थित बन्दै गरेको घरबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय सरोज दाहाल लगायत १२ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवातास खेलाईरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार ७ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments