चुरोटको निहुँमा झगडा हुदा आफ्नै भाइ लाई खुकुरी हानी हत्या

२९ जेठ, सुनसरी । आफ्नै भाइ १८ वर्षीय देव कुमार धामीको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा बराहक्षेत्र नगरपालिका-४ कौवा खोज बस्ने ३० वर्षीय देबराज धामीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

चुरोटको निहुँमा भएको झगडामा देबराजले खुकुरी प्रहार गर्दा देवकुमार गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै गम्भीर घाइते देवकुमारको घोपा धरान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments