विश्वासको मत लिएपछि मात्र सरकार विस्तार : उपसभापति खड्का

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्बाट विश्वासको मत लिएपछि मात्रै सरकार निर्माणको चरण प्रारम्भ गर्नुहुने बताउनुभएको छ ।

गृहजिल्ला सुर्खेत पुग्नुभएका खड्काले बुधबार पत्रकारसँग कुराकानी गर्दै फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपति चुनाव सम्पन्न गर्ने र त्यसपछि प्रधानमन्त्रीले विश्वासको मत लिएर मात्रै सरकार निर्माणको चरण प्रारम्भ हुने बताउनुभयो ।

“सरकार निर्माणको चरण प्रारम्भ भएको छैन”, खड्काले भन्नुभयो, “राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सकिन्छ र प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र सरकार निर्माण चरण प्रारम्भ हुन्छ ।” प्रधानमन्त्रीले विश्वासको मत लिएपछिका दुई÷तीन दिनभित्र सरकार निर्माणको चरण पूरा हुने खड्काको भनाइ थियो ।

अहिले सरकारमा जानेबारे र को–को मन्त्री बन्ने भन्ने विषयमा चर्चा गर्ने बेला भइनसकेको खड्काको भनाइ थियो । गत पुस १० मा कमजोरी हुँदा नेकपा (एमाले) सहित सात दलबीच नयाँ गठबन्धन बनेको र त्यो प्राकृतिक नभएकोले भत्काइएको खड्काको भनाइ छ ।

उपसभापति खड्काले आफू अब मन्त्री नबन्ने पनि दोहो¥याउनुभयो । यो कुरा आफूले २०७२ सालमै अर्घाखाँचीमा पुगेर घोषणा गरेको र त्यसमा आफू अहिलेसम्म पनि अडिग रहेको उपसभापति खड्काको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments