लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको घरमा चोरी

अर्घाखाँची, लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ । सन्धिखर्कको हटारीनेटास्थित उहाँको निजी निवासमा गए राति चोरी भएको प्रहरीले जनाएको छ ।   
   
लुम्बिनी प्रदेश सरकारका खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री आचार्यको परिवार घरमा नभएको मौका छोपी चोरी भएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो । घरका सबै कोठाको ताल्चा फुटाएर चोरी भएको छ ।   
   
के–कति चोरी भयो भन्नेबारे मन्त्री आएपछि यकिन हुने भन्दै उहाँले आफूहरूले यसमा गम्भीर अनुसन्धान गरिरहेको बताउनुभयो । “के–कति चोरी भयो भन्ने विवरण माननीयज्यू आएपछि थाहा हुन्छ”, प्रनाउ रिजालले भन्नुभयोे, “हामीले अनुसन्धान थालेका छौँ ।”   
   
छिमेकीहरूका अनुसार यसअघि पनि आचार्यको घरमा चोरी भएको थियो । त्यसबेला त्यति धेरै क्षति नभए पनि यसपालि सबै ताल्चा फोडेको र सामान लगेको उनीहरूको भनाइ छ । “डेढ महिनाअघि पनि मन्त्रीज्यूको घरमा चोरी भएको थियो”, छिमेकी शोभाखर पन्थीले भन्नुभयोे, “यसले वरिपरिका बासिन्दाले असुरक्षित महसुस गरिरहेका छन् ।”  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments