बालिका बलात्कार मुद्दामा वृद्धलाई १२ वर्ष कैद

गलकोट, बाह्र वर्षीया बालिकालाई बलात्कार गर्ने ७५ वर्षीय वृद्धलाई १२ वर्ष कैद फैसला भएको छ ।   
   
जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले अभियोग दाबी पुगेकाले आरोपितलाई १२ वर्ष फैसला सुनाउँदै रु ३० हजार क्षतिपूर्ति प्रदान गर्न आदेश दिएको जिल्ला अदालत बागलुङका इजलास अधिकृत गङ्गाधर सापकोटाले बताउनुभयो ।   
   
बागलुङको निसीखोलाका वृद्धले २०७८ चैत ५ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले २०७९ जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएको थियो ।   
   
प्रहरीले आरोपितविरुद्ध २०७९ असार २३ गते जिल्ला अदालत बागलुङमा जबर्जस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरेको थियो । आरोपितलाई अदालतको २०७९ असार २३ गतेको आदेशले पुर्पक्षका लागि जिल्ला कारागार बागलुङमा थुनामा पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
40 %
Excited
उत्साहीत
20 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
40 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments