त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यायलद्धारा चार करोडका मदिरा र मोबाइल लिलाम

काठमाडौँ, त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यायलले करिब रु चार करोड बराबरको सामान लिलाम बिक्री गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको हालसम्म मोबाइल, मदिरा, सवारीसाधन, कपडा, खाद्य पदार्थ तथा इलेक्ट्रोनिक सामान लिलाम बिक्रीबाट रु तीन करोड ८९ लाख ८१ हजार पाँच सय ५७ राजस्व सङ्कलन गरेको हो ।   
   
कार्यालयलाई तीन सय ३२ थान मोबाइल लिलाम बिक्रीबाट रु एक करोड ७३ लाख २६ हजार सात सय चार राजस्व प्राप्त भएको छ । यी मोबाइल विदेशबाट फर्किने यात्रुसँग जफत गरिएको हो ।   
   
यस्तै दुई हजार पाँच सय पाँच थान मदिरा लिलाम बिक्रीबाट कार्यालयले रु एक करोड पाँच लाख ८६ हजार छ सय ९७ बराबर राजस्व सङ्कलन भएको जनाएको छ ।   
   
सवारीसाधन, कपडा, खाद्य पदार्थ, इलेक्ट्रोनिक लगायतका मालवस्तु लिलाम बिक्रीबाट रु एक करोड १० लाख ६८ हजार एक सय ५६ सङ्कलन भएको विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत नारद पोखरेलले जानकारी दिनुभयो ।   
   
उहाँका अनुसार कानूनअनुसार हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै एक व्यक्तिले एउटाभन्दा बढी थान मोबाइल तथा एक बोतलभन्दा बढी मदिरा ल्याउन पाइँदैन ।   
   
कानूनले तोके भन्दा बढी सङ्ख्यामा ल्याइएका सामग्री भए आर्थिक ऐनबमोजिम भन्सार महसुल तिर्नुपर्ने हुन्छ । कार्यालयले स्वदेशी तथा विदेशीबाट जफत गरिएको एप्पल कम्पनीका आइफोन, सामसुङ लगायत महँगा मोबाइल फोन तथा मदिरा बिक्री गर्दै आएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments