चैतेदशैँमा दर्शनार्थी घुइँचो

बैतडी, चैतेदशैँको अवसरमा बैतडीका धार्मिक तथा पर्यटकीयस्थल आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । यहाँका शक्तिपीठमा बलिसहित विषेश पूजाआजा हुने गरेकोले बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको स्थानीय दीपेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो ।   
   
यहाँको प्रसिद्ध निङ्गलाशैनी, त्रिपुरासुन्दरी, मेलौली भगवती मन्दिरमा पशु बलिसहित पूजाआजा भइरहेको छ । यस्तै डिलाशैनी, कफलाशैनी सिगास, महारुद्र, अनिरुद्र, शिवनाथ, दोगडाकेदार, वासुलिङ, भूमिराजलगायतका मन्दिरमासमेत जात्रा लाग्ने गर्दछ ।   
   
नवरात्र सुरु भएदेखिनै यहाँका विभिन्न शक्तिपीठ तथा मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थी पुग्ने गरेका थिए । चैतेदशैँका दिन आज बलिसहित जात्रा हुने भएकाले बिहानैदेखि भक्तजनको भिड रहेको निङग्लाशैनी मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताउनुभयो । बसाइँसराइ गरेर गएका पनि चैतेदशैँमा पूजापाठका लागि पुख्र्यौली थलोमा फर्कने गरेकाले परिवारका सदस्यहरुबीच भेटघाट पनि हुने गर्दछ ।   
   
नवरात्रमा बसाइँ सरेर तराई गएकासमेत पूजाआजाका लागि आउने गरेका पण्डित जयानन्द भट्टले बताउनुभयो । यसका साथै चैतेदशैँमा यहाँ नेपालका विभिन्न जिल्ला र भारतबाट समेत भक्तजन आएका छन् ।   
   
यसैबीच नवरात्रको अवसर पारेर यसअघि यहाँको प्रसिद्ध निङ्गालाशैनी भगवती मन्दिरको प्राङ्गणमा हिङ्लो ठड्याइएको थियो । हिङलो निर्माण समितिका संयोजक प्रकाश बोहराका अनुसार निङ्लाशैनी भगवती मन्दिरमा रहेको पुरानो हिङ्लो जीर्ण भएपछि नयाँ हिङ्लो राखिएको हो ।   
   
निङ्लाशैनी भगवती धार्मिक वनबाट देवदारको रुख काटेर नयाँ हिङलो निर्माण गरिएको हो । पिङ अर्थात ‘हिङलो’मा भगवतीको सवारी भएर पिङ खेल्ने जनविश्वास रही आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments