भरतपुर महानगरपालिका प्रमुख दाहाल-वृक्षरोपण

भरतपुर, ‘जनताको रहर, हरित सहर’ कार्यक्रमअन्तर्गत भरतपुरका सडकमा वृक्षरोपण गरिएको छ । भरतपुरको बाइपास सडकअन्तर्गत विशालचोकबाट मालपोतचोकसम्मको ‘डिभाइडर’मा वृक्षरोपण गरिएको हो ।   
   
शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले वृक्षरोपण शुभारम्भ गर्नुभयो । सो क्रममा उहाँले भरतपुरका सयौँ किलोमिटर सडकलाई सौन्दर्यकरण गर्न प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । महानगरले ‘एक घर दुई बिरुवा’को नीति लिएर सुन्दर हरियाली सडक तथा वातावरणमैत्री सहरका रूपमा अगाडि बढाउँदै लगिएको प्रमुख दाहालले बताउनुभयो । “यस क्षेत्रमा राष्ट्रिय तथा सामुदायिक वन भए पनि स्वच्छ र हराभरा सहरका रूपमा परिचत गराउन सहर क्षेत्रका सडकमा वृक्षरोपण गरिएको हो”, प्रमुख दाहालले भन्नुभयो ।   
   
कार्यक्रममा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष डा किरण पौडेलले यस आर्थिक वर्षमा भरतपुरसहित २४ पालिकामा सहर केन्द्रित वृक्षरोपण कार्यक्रम सञ्चालन भएको जानकारी दिनुभयो । उहाँले सहरमा वृक्षरोपण गर्नाले चारदेखि पाँच डिग्रीसम्म तापक्रम न्यूनीकरण गर्न सकिने अध्ययनले देखाएकाले वृक्षरोपणलाई प्राथामिकता दिइएको औँल्याउनुभयो । पौडेलले जनसङ्ख्याको वृद्धिसँगै वृक्षरोपणलाई पनि बढाउँदै सहरलाई सौन्दर्यकरण गरी हरित सहर निर्माणमा सबै जुट्नुपर्नेमा जोड दिनुभयो । विकसित सहरमा कुल बजेटको १५ प्रतिशत रकम हरियाली प्रवद्र्धनमा विनियोजन गर्ने परिपाटी रहेको उहाँको भनाइ थियो ।   
   
भरतपुर बाइपास रोडमा भएका डिभाइडरमा भरतपुर महानगरपालिका, सडक डिभिजन कार्यालय र राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको सहकार्यमा सजियम र बौगेनवेलियाका बिरुवा लगाइने छ ।   
   
महानगरले यहाँका छ लेन सडक, बाइपास र भित्री सडकमा हरियाली प्रवद्र्धन गर्ने नीति लिएको छ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनाल, वडा सदस्य ऋषि थापालगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments