बेलकोटगढी १३ मा चलिरहेको किर्ते हस्ताक्षर गरेर २० लाख लिएको कुरा के हो ? वडा अध्यक्ष के भन्छन् ? बास्तबिकता के हो ?

नुवाकोट । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नम्बर १३ को एउटा समाचार किर्ते हस्ताक्षर गरेर २० लाख लिएको कुरा सामाजिक संजालमा भाइरल भएको छ । चर्को आलोचना सहित कार्वाहीको लागि पनि आवाज उठ्न थालेको छ । यहि बिचमा बाराही अनलाइन खबरले वडा अध्यक्ष नवराज पाण्डे सँग कुराकानी गरेको छ ।

वडा अध्यक्षको कुराकानी भन्दा पहिला घटनाको बारेमा छोटकरीमा पढ्नुहोस् ।
संकल्प खबर अनलाइनमा आएको समाचार अनुसार – खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले समितिका अन्य सदस्यहरूको फर्जी हस्ताक्षर गरी २० लाख रुपैयाँको बजेटमा हालीमुहाली गरेको भनिएको छ ।
उक्त समाचार अनुसार अनुसार डाँडाकटेरी कटरमहल तल्लो पाखुरे खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका नाउँमा समितिका अध्यक्ष र कोक्षाध्यक्षले समितिका सदस्यको किर्ते हस्ताक्षरमा २० लाख रुपैंयाको योजनाको एकलौटी फर्छ्यौट गरेका हुन् । बाग्मती प्रदेश अन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धादिङबाट विनियोजित २० लाख रुपैंयाको आयोजनाको रकम फर्छ्यौट गर्न उपभोक्ता समितिका अध्यक्ष दिपेश प्रसाद पाण्डे र कोषाध्यक्ष सृजना पाण्डेले किर्ते हस्ताक्षरको माइन्युट गरेको पाइएको हो ।

वडा अध्यक्ष नवराज पाण्डे काम विशेषले काठमाडौँ गएको बेला वडा सदस्य हरिकुमार गुरुआचार्यलाई कार्यवाहक तोकेका थिए । गुरु आचार्य कार्यवाहक भएका बेला झुक्क्याएर काम सम्पन्न भएको भन्दै सिफारिस लिन गएपछि गुरुआचार्यले बजेट फर्छौटको सिफारिस गरिदिएका थिए ।

घटनाको बास्तबिकता के हो भनेर वडा अध्यक्ष नवराज पाण्डे लाई सोध्दा यस्तो भन्छन् –

हामी वडाकै टिम बाट वडा समिती गठन गरेका थियौं । कार्यपालिका सदस्य र म सहित भएर समिती गठन भएको थियो । म एकदिन अनुगमन गर्न जाँदा ट्याङ्की निर्माण भएको चै थियो । ट्याङ्की मजबुत नै देखिएको थियो । प्राबिधिक स्टेटमेन्ट चै मैले हेरेको थिइन । अहिले कृते हस्ताक्षरको कुरा चै समितिको मान्छेहरु नबोलाएर एकलौटी गरेको भन्ने आवाज समितिमा भएका सदस्यहरुको आएको कुरा यथार्थ हो । खाता खोल्ने बिषयमा बैठक बस्नु पर्ने हुन्छ । सबै काम एकलौटी भएको कुरा मलाई यो भन्दा अगाडिनै आएको थियो । समितिको अध्यक्षले फोन उठाउनु हुन्न छलफलको लागि भनेर गुनासो चै आएको थियो । अब यहि १८ गते सार्वजनिक सुनुवाइ कार्यक्रम राखेर यो घटनाको बारेमा प्रष्ट जानकारी दिने छु ।

तपाईं उक्त समाचार प्रकाशित भए पछि योजनाको काम भएको वा नभएको बुझ्न जानु भयो ?
डाँडाकटेरी कटरमहल तल्लो पाखुरे खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले काम गरिएको बेलामा  पुगेको थिए । निर्माण कार्य चलिरहेको बेला काम राम्रो नै भैरहेको थियो । ट्याङ्की निर्माण भए पछि फेरि एक पटक पुगेको थिए । तर धारा निर्माण गरेको चै मैले अबलोकन गर्न पाएको छैन । १० घनमिटरको ट्याङ्की बनाउन पर्ने ठाउँमा ५ घनमिटरको ट्याङ्की बनाएको छ रे भन्ने सुन्नमा चै आएको छ  तर म यो कुरामा यहि हो भन्न सक्दिन अब प्राबिधिकले गएर हेर्नुभए पछि यो कुराको जानकारी आउने छ ।

तपाईं वडामा नभएको बेला कार्यबाहक वडा अध्यक्ष झुक्किनु भएको हो कि समितिले उहाँहरुलाई झुक्काएको हो ?
कार्यबाहक वडा अध्यक्षले गल्ती गर्नु भएको जस्तो त लाग्दैन । उहाँले अहिले सम्म त्यस्तो गलत गर्नु भएको चै छैन । कार्यबाहक वडा अध्यक्षले स्वीकृत गर्नु अगाडि मलाई फोन गर्नु भएको थियो । उहाँ एक्लैले आफू खुशी गर्नु भएको चै होइन ।

उहाँले गल्ती गर्नु भएको रैछ भने वडाले कस्तो कार्वाही गर्छ ?
कार्वाहीको कुरामा प्राबिधिकको स्टेटमेन्ट धादिङ बाट मैले मगाएको छु साथै वडाले पनि हेर्छ । यो दुबै कुराको तालमेल एउटै आएन भने वडाले गर्नु पर्ने कानुनी कार्वाही अगाडि बढाउँछ । यो सबै कुराको जानकारी १८ गते सार्वजनिक हुने छ । गल्ती गरिएको रहेछ भने कार्वाही जो हुनु भए पनि हुन्छ ।

वडा अध्यक्ष नवराज पाण्डे सँग बाराही अनलाइन खबरले गरेको कुराकानी हेर्नुस्

https://fb.watch/mMkVJm736D/?mibextid=Nif5oz

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
7 %
Sad
दुःख
13 %
Excited
उत्साहीत
7 %
Sleepy
निन्द्रा लाग्यो
7 %
Angry
रिस उठ्यो
40 %
Surprise
अचम्म
27 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments