The Velocity School मा गाईजात्रा महोत्सव २०८० सफलता पुर्वक सम्पन्न

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका मा रहेको The Velocity School ले आयोजना गरेको गाईजात्रा महोत्सव २०८० समापन भएको छ । नियमित रुपमा बर्सेनि गाईजात्राको अवसर पारेर उक्त बिधालयले मनोरञ्जनात्मक कार्यक्रम गर्दै आइरहेको छ ।

उक्त बिधालयले गरेको गाईजात्रा महोत्सव कार्यक्रममा स्कुलको नानी बाबुहरु ले नाटक देखाएका थिए भने नृत्य र गित पनि गाएर मनोरञ्जन प्रदान गरेका थिए । साथै रंगकर्मी कलाकारहरु कृष्ण भक्त महर्जन, नमस्ते दिवाकर घिमिरे, सुरेश तिमल्सिना, सरोज लामिछाने, मन्जु श्रेष्ठ, वसन्त पोखरेल, उद्द्व दंगाल र चन्द्र पाण्डेले गाईजात्रा नाटक “यमराज भर्सेस पापीहरु” मंञ्चन गरेर बालबालिका र अभिभावकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की हुनुहुन्थ्यो । त्यसैगरी लोक तथा दोहोरी गायक भोजराज काफ्लेको उपस्थिति साथै प्रस्तुतिले पनि कार्यक्रमको सोभा बढाएको थियो । कार्यक्रममा जादुगर राजेन्द्र गिरिले आफ्नो जादुको कलाले उत्कृष्ट मनोरञ्जन प्रदान गरेका थिए ।

बिधालयमा गाईजात्रा कार्यक्रम गर्नुको उदेश्य भनेको बालबालिकाहरु मा कला संस्कृति र परम्परा को बारेमा बुझाउन र यो परम्परालाई निरन्तरता दिनु पर्छ भन्ने भावनाको बिकासको लागि गाईजात्रा महोत्सव गरिएको बिधालयकि प्रधानाध्यापक रेखा खनालले जानकारी दिनुभएको छ ।

गाईजात्रा महोत्सवमा कलाकार, साहित्यकार र पत्रकारहरु लाई पनि सम्मान गरिएको थियो । गाईजात्रा महोत्सव कार्यक्रमको निर्देशन भने सुरेन्द्र छेत्रीले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
75 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
25 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments