सरकारले उद्योगी व्यवसायीलाई अपराधीजस्तो व्यवहार गर्न हुँदैनः सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले उद्योग व्यवसाय गरेर पैसा कमाउनेलाई सरकारले अपराधीजस्तो व्यवहार गर्न नहुने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजना भएको निजी क्षेत्रको आवाज विषयक वृहत छलफल कार्यक्रममा बोल्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो । उहाँले राज्यले मुलुभित्रै निजी क्षेत्रलाई व्यावसायिक वातावरण भए मात्र देश समृद्ध हुने बताउनु भयो । उहाँले सरकारले व्यवसायीलाई व्यावसायिक वातावरण बनाउनुपर्ने भएपनि निरुत्साहित बनाइ रहेको बताउनु भया । उहाँले व्यवसायीलाई अपमान भन्दा पनि लगानी गर्न प्रोत्साहन गर्नुपर्ने बताउनु भयो । उहाँले वैदेशिक लगानी भित्र्याउन नीति नियममा परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो। उहाँले व्यापार व्यवसाय र व्यापारी व्यवसायीहरुको संरक्षण कुनैपनि राजनीतिक दलको नेताले गर्ने नभएर नीतिले गर्ने बताउनु भयो। सभापति लामिछानेले नीतिले संरक्षण ग¥यो भने मात्रै निजी क्षेत्र समृद्ध हुनसक्ने बताउनु भयो । उहाँले व्यापार व्यवसाय र उद्योगी व्यवसायीहरुलाई अहिलेसम्म नेताले संरक्षण गरेकाले मुलुक माथि उठ्न नसकेको बताउनु भयो। उहाँले निजी क्षेत्रसँग सहकार्य गर्न स्वतन्त्र पार्टी तयार रहेको भन्दै उद्योगी व्यवसायीहरुलाई पार्टीमा सदस्य बन्न र चन्दा आतंकको मारमा कहिल्यै पनि बाध्य नपर्ने बताउनु भयो । उहाँले अब देशमा अर्थतन्त्र भन्दा बाहेकका कुरा गरेर मुलुकको अर्थतन्त्र माथि उकास्न नसकिने बताउनु भयो। उहाँले पछिल्लो समय माडवाडी व्यवसायीक समुहलाई लिएर अपमान जनक टिप्पणीहरु भएको भन्दै त्यस्तो नगर्न आग्रह गर्नुभयो । उहाँले जुनसुकै समुदायको मानिस भए पनि गलत गरेर राज्यको नीति नियम भन्दा बाहिर गएको भए कारबाही गर्न आग्रह गर्नुभयो । उहाँले संविधानले नगर भनेको कुरालाई लिएर व्यवसायीहरुलाई अपमानित गर्ने, निरुत्साहित गर्ने काम नगर्न नहुने बताउनु भयो।
उहाँले भन्नुभयो,‘ कुनै पनि व्यापार व्यवसाय र व्यापारी व्यवसायीहरुको संरक्षण कुनै पनि राजनीतिक दलको नेताले गर्ने होइन । नीतिले गर्ने हो । नीतिले संरक्षण ग¥यो भने निजी क्षेत्र समृद्ध हुन्छ । नेताले गरेको संरक्षण यस्तै हुन्छ । निजी क्षेत्रसँग सहकार्य गर्न स्वतन्त्र पार्टी तयार छ । पार्टीमा सदस्य बन्न र चन्द्रा आतंकको मारमा कहिल्यै पनि बाध्य पारिने छैन । अब देशमा अर्थतन्त्र भन्दा बाहेकका कुरा गरेर हुनेवाला केही छैन । अर्थतन्त्र माथि उकास्ने भन्दा बाहेकका कुरा गर्नु बेकार हो । निजी क्षेत्रलाई दुरुत्साहित गर्ने अपमानित गर्ने जुन कुराहरु भइरहेका छन् । त्यसको हामी भर्सना गर्छौैं । पछिल्लो समय मारवाडी व्यवसायीक समुहलाई लिएर अपमान जनक टिप्पणीहरु भएका छन् । जुनसुकै समुदायको मानिस होस् । गलत गरेर राज्यको नीति नियम भन्दा बाहिर गएको भए कारबाही गरोस् । संविधानले नगर भनेको कुरालाई लिएर व्यवसायीहरुलाई अपमानित गर्ने,उनीहरुलाई निरुत्साहित गर्ने काम नगर्न आग्रह गर्दछु । व्यापार व्यवसाय गरेर पैसा कमाउनु अपराध हैन । कसैले अपराधीको जस्तो व्यवहार गर्नुहुँदैन । अबौं लगानी गररेर रोजगारी सिर्जना गर्नेदेखि राज्यलाई कर तिर्नेसम्मको काम व्यवसायीले गरेका छन् । उहाँहरूका चुनौति धेरै छन् ।’

सभापति लामिछानेले व्यावसायिक वातावरण बनाउन आफू नेतृत्वको दल र सांसद प्रतिवद्ध रहेको पनि बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments