पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन सक्दैनः मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन नसक्ने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा टुरिस्ट बस एशोसिएशन अफ नेपालले आयोजना गरेको ‘टुरिस्ट बस नेपाल’ एप्स शुभारम्भ कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । मन्त्री किराँतीले पर्यटन बोर्डको बजेट नसँच्चिएसम्म हतारमा पास गर्न नसकिने बताउनु भयो । उहाँले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीप्रति लक्षित गर्दै बोर्डको बजेट कमिसनको दुनो सोझाउनको लागि तत्काल आउन नसक्ने बताउनु भयो । उहाँले भौतिक संरचना बनाउने काम पर्यटन बोर्डको नभएको बताउनु भयो । उहाँले पर्यटन क्षेत्रको विकासको लागि भौतिक संरचना निर्माण गर्ने पर्यटन विभाग रहेको भन्दै बोर्डले पर्यटनको प्रवद्र्धन गर्ने रहेको बताउनु भयो । मन्त्री किराँतीले बोर्डको बजेटमार्फत भौतिक संरचनामा बजेट छुट्याएर ५ देखि १० प्रतिशत कमिसनमा बस्ने जमानाको अन्त्य भएको बताउनु भयो । उहाँले आफू मन्त्रालयमा रहेसम्म भौतिक संरचना हुने कमिसनको खेल शुन्य बनाएर छाड्ने बताउनु भयो । मन्त्री किराँतीले पर्यटनक बोर्डले पर्यटक ल्याउने नाममा ८० देखि ९० करोड रकम युरोप भ्रमणमा खर्च गर्न नपाउने बताउनु भयो। उहाँले दुई छिमेकी राष्ट्रको जनसंख्या १३ अर्ब र अर्कोको डेढ अर्ब रहेको भन्दै पर्यटन प्रवद्र्धनको लागि चीन र भारतमा आधा बजेट खर्च गर्नुपर्ने आवश्कयता रहेको बताउनु भयो । उहाँले भूटान, बंलादेश र नेपालीहरुको धेरै श्रमको गन्तव्य भएको खाडी मुलुकहरुमा पनि जोड्ने प्रयास गर्नुपर्ने बताउनु भयो । उहाँले पर्यटन बोर्डले बजेटमा भौतिक संरचना निर्माण हटाएर प्रर्यटन प्रवद्र्धन गर्ने योजना नसच्याएसम्म बोर्डको बजेट नआउने बताउनु भयो। उहाँले  बोर्डका आजसम्मका विकृति,विसंगतिहरु अन्त्य गर्न चाहेको उल्लेख गर्नुभयो । मन्त्री किराँतीले पर्यटन बोर्डको पैसामा आफन्त घुमाउने र महँगा सामानहरु ल्याएर बाँड्ने र बेच्ने सुविधा कसैलाई नभएको बताउनु भयो । उहाँले पर्यटन बोर्ड बिना पनि यो देश चल्नसक्ने भन्दै पर्यटन बोर्डले तत्काल बजेट सच्याए बजेट पास हुने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘पर्यटन बोर्डको बजेट सँच्चिएन भने अझै आउँदैन । अहिले नै बोर्डको बजेट हतारमा पास गरेर फेरि पनि कसैको दुनो सोझाउनको लागि बजेट आउँदैन । भौतिक संरचना बनाउने काम पर्यटन बोर्डको होइन । मैले शुरुमा नै बोर्डमा आएर भनेको छु । भौतिक संरचना निर्माण गर्ने पर्यटन विभाग छ । पर्यटन विभागले पर्यटनसम्बन्धि भौतिक संरचना निर्माण गर्ने हो । पर्यटनको प्रवद्र्धन बोर्डले गर्ने हो । भौतिक संरचनामा बजेट छुट्याएर ५ देखि १० प्रतिशत कमिसनमा बस्ने जमानाको अन्त्य भयो । म आइसकेको छु यो मन्त्रालयमा म हुन दिन्न । भौतिक संरचनामा कमिसन खेल शुन्य बनाएर छोड्छु । पर्यटनक बोर्डले पर्यटक ल्याउने नाममा ८० देखि ९० करोड पैसा युरोप भ्रमणमा पाइँदैन । हाम्रा दुई छिमेकी राष्ट्रको जनसख्या १३ अर्ब र अर्कोको डेढ अर्ब छ । चीन र भारतमा आधा बजेट खर्च गर्नुपर्छ । भूटान र बंलादेशमा पनि जोड गर्नुपर्छ । नेपालीहरुको धेरै श्रमको गन्तव्य भएको खाडी मुलुकहरुलाई पनि बनाउनु पर्छ । अनि मात्रै युरोपलाई पनि बनाउँला । त्यसैले यस्तो चिजहरु सँच्चिदैन भने पर्यटन बोर्डको बजेट आउँदैन । बोर्डका आजसम्मका विकृति,विसंगतिहरु अन्त्य गर्न चाहन्छु । पर्यटन बोर्डको पैसा माथि चयन गर्ने सुविधा कसैलाई छैन । आफू त घुम्छन् । त्यति मात्रै होइन आफ्नो साली,साढभाई घुमाउने,मित बुबा र आमा घुमाउने कसैलाई छुट छैन । विदेशमा जाने महँगा रक्सी,घडीहरु र मोबाइलहरु ल्याएर बाड्ने र बेच्ने सुविधा पनि कसैलाई छैन । पर्यटन बोर्डको बजेट सुधार नभएसम्म बजेट पास हुँदैन । कति महिना रोक्नुपर्ने हो । पर्यटन बोर्ड विना पनि यो देश चल्नसक्छ । तर विकृतिको डङ्गुर माथि बसेर जनताको पैसामाथि चयन गर्ने छुट सुविधा छैन । पर्यटन बोर्डले आजभोलि नै बजेट सच्याउने छ । त्यसपछि बजेट पास हुन्छ ।’

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय सहमतिको सरकार बनाउँदा सबैभन्दा पहिला मन्त्री पद त्याग्नुपर्छ भने मन्त्री पद त्याग्न तयार रहेको बताउनु भयो । मन्त्री किराँतीले आफू मन्त्री हुनको लागि नजन्मिएको भन्दै राष्ट्रिय आवश्यकता अनुसार तत्काल कुर्सी छोड्न तयार रहेको बताउनु भयो। उहाँले राजनीतिक स्थायित्वको लागि पुरानाको अनुभव र नयाँको जोसजागर मिलाएर अगाडि बढ्नुपर्ने बताउनु भयो । आजदेखि टुरिस्ट बस एशोसिएशन अफ नेपालले टुरिस्ट बसको टिकट अनलाइनको माध्यमबाट काट्न सक्नेगरी ‘टुरिस्ट बस नेपाल’एप्स सञ्चालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments