१७ वर्षीया किशोरीलाई रिसोर्टमा जबरजस्ती करणी गर्ने इलामका ५२ वर्षीय सूर्य बहादुर पक्राउ

भक्तपुर । भक्तपुरमा जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं नरेफाट बस्ने ईलाम, ईलाम नगरपालिका-९ घर भएका ५२ वर्षीय सूर्य बहादुर भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भण्डारीले ती किशोरीलाई सूर्यबिनायक नगरपालिका-९ पलासेस्थित रिसोर्टमा आइतबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

(फोटो – सांकेतिक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
33 %
Excited
उत्साहीत
8 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
33 %
Surprise
अचम्म
25 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments