दाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने २३ वर्षीय माधव पक्राउ

दाङ । जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-३ गैराखुट्टी बस्ने २३ वर्षीय माधव गुरूङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

गुरूङले ती बालिकालाई साउन ५ गते ललाई फकाई पीडितकै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । (फोटो – सांकेतिक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
2 %
Sad
दुःख
26 %
Excited
उत्साहीत
10 %
Sleepy
निन्द्रा लाग्यो
5 %
Angry
रिस उठ्यो
47 %
Surprise
अचम्म
10 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments