९० वर्षीय बुबाको हत्या गर्ने छोरा दिल बहादुर पक्राउ

बारा । बुबाको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् । बुबा ९० वर्षीय आईत सिंह घलानको हत्या गरेको अभियोगमा जितपुर सिमरा उपमहानगरपालिका-१६ टांगिया बस्ती बस्ने ६० वर्षीय दिल बहादुर घलानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको क्रममा दिलबहादुरले कुटपिट गर्दा आईत सिंहको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments