दोलखाको सिंगटी बजारबाट चार किलो सुनसहित तीन जना पक्राउ

दोलखा । दोलखाको सिंगटी बजारबाट प्रहरीले चार किलो सुन सहित तीन जनालाई पक्राउ गरेको छ । सिंगटीबाट सुनसहित तीन जनालाई गए राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दोलखाका प्रहरी प्रमुख डिएसपी दीपक खड्काका अनुसार इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले सुन बरामद गरेको हो ।

तिब्बती सीमा लामावगर नाकाबाट तस्करीको सुन भित्र्याएको आशङ्का गरिएको प्रहरीले जनाएको छ । बिगु गाउँपालिकाका १ लामावगर तर्फको नाका चिन सरकारले गत साता मात्र खुलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments