रौतहटमा ४ थान सालको गोलियासहित तस्कर पक्राउ

रौतहट  । रौतहटमा छुटाछुटै दुई स्थानबाट ४ वटा सालको गोलियासहित वन सुरक्षा टोलिले तस्करलाई पक्राउ गरेको छ।

वृन्दावन र चेतनगर सब-डिभिजन क्षेत्रको वनबाट लुकिछिपी कटान गरी ल्याइरहेको अवस्थामा चार थान साइकल, चार थान सालको गोलिया‚ एक थान मोटरसाइकलसहित तस्करलाई सुरक्षाटोलीले पक्राउ गरेको हो। सहायक वन अधिकृत अनिल महतोको कमाण्डमा गएको टोलीले काठ तस्कर गढीमाई नगरपालिका-९ का राकेशकुमार साहलाई पक्राउ गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले बताए। साथै उनले प्रयोग गरेको बिआर ०६ बिके ५७६९ नम्बरको  मोटरसाइकल बरामद गरिएको प्रमुख मिश्रले जानकारी दिए।

बरामद  १८ क्युफिट काठ‚ साइकल , मोटरसाइकल वृन्दावन सब-डिभिजन वन कार्यालयको नियन्त्रणमा रहेको छ। पक्राउ परेका काठ तस्कर राकेशलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय चन्द्रनिगापुर पठाइएको  बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments