बर्दियामा ६८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ३० वर्षीय राम पक्राउ

काठमाडाै‌ं । बर्दियामा बलात्कार गरेकाे आराेपमा एकजना पक्राउ परेका छन् ।

६८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाकाे बारबर्दिया नगरपालिका-११ मिलन चोक बस्ने ३० वर्षीय रामकिसुन थारूलाई  प्रहरीले पक्राउ गरेको छ ।

थारूले सोही नगरपालिका-११ बिजयनगरस्थित कपास विकास फारममा गत १४ गते ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

( फोटो – सांकेतिक )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments