उप-निर्वाचनका उम्मेदवार बिरूद्द आज उजुरी लिइने

काठमाडौं । उप निर्वाचनका लागि मनोनयन भएका उम्मेदवार बिरूद्द आज उजुरी लिइने भएको छ ।

 

निर्वाचन आयोगका अनुसार त्यसका लागि आज बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने जनाइएको छ ।

 

आयोगले सार्बजनिक गरेको कार्यतालिका अनुसार अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम तय गरिएको छ ।

 

आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । इलाम–२ र बझाङ प्रदेश– १ मा आयोगले उपनिर्वाचन गर्ने तयारी स्वरूप प्रकिया सुरू गरेको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments