सिरहामा हतियार देखाएर मनि ट्रान्सफरको पैसा दिनदाहाडै लुटियो १५ लाख

सिरहा। सिरहामा दिउँसै हतियार  देखाएर मनि ट्रान्सफरको रकम लुटेको छ ।

सिरहा सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरको लागि १५ लाख ५० हजार रकम ल्याईरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयदेखि करिव पाँच सय मिटर उत्तर महिसोथा जानेबाटो नजिकबाट हतियार देखाएर लुटिएको हो।

भारतीय नम्वरको मोटरसाइकलमा आएका लुटेराहरुले स. ९ प ६३१० नम्वरको मोटरसाइकलमा रकमसहित आईरहेका पुरुषोतम यादवलाई हतियार देखाएर नगद सहित २ थान ग्लोवल आईएमई बैंको र ३ वटा राष्ट्रिय बाणिज्य बैंकको खालि चेक र मोवाईल समेत लुटेर लगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

लुटिएको रकम विष्णुरपुर गाउँपालिका १ का कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनी ट्रान्सफरको रहेको बताइएको छ । यादवले दिएका बयान अनुसार टुलेरामध्येय मोटरईकल चलाउनेले क्रिम कलरको र पछाडी बस्नेले रातो रंगको कपडा लगाएको प्रहरीले बताए ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ सापकोटाले घटनाको पुष्टि गर्दै थप विवरणहरु संकलन भईरहको जानकारी दिए। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
100 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments