केरामा हावाहुरी असिनाको कहर : चैतयता दस करोडभन्दा बढीको नोक्सानी

काठमाडौँ:

कोरोनाको कहरकै बीच हावाहुरी र असिना पानीका कारण उत्पादन गरिएको केरा सखाप भएपछि चितवनका किसान चिन्तित छन् ।

बन्दाबन्दीका कारण बजारको सहज पहुँच नभइरहेका बेला प्राकृतिक विपत्तिको मारमा समेत किसान परेका हुन् । पूर्वी चितवन रत्ननगरमा व्यावसायिक केरा खेती गर्दै आएका किसान विष्णुहरि पन्त हावाहुरी र असिना पानीले केरा खेतीमा ठूलो क्षति पुगेको बताएका छन् । पछिल्लोपटक चितवनमा जेठ दोस्रो साता आएको हावाहुरीले क्षति बढी गरेको बताइन्छ । “चैतयता लगातार हावाहुरी, असिना पानी आइरहेको छ यसको प्रत्यक्ष असर केरा खेतीमा परेको छ,” उनले भने ।

शिखर इन्स्योरेन्स प्रालि नारायणगढ शाखाका प्रमुख चन्द्रमणि शर्मा चैतदेखि अहिलेसम्म हावाहुरी र असिना पानीले केरामा १० करोड रुपियाँभन्दा बढीको क्षति भएको भन्दै दाबी परेको बताएका छन् । “झन्डै पाँच सय किसानले अहिले १० करोड रुपियाँभन्दा बढी मूल्य बराबरको केरा नोक्सान भयो भनेर दाबी गर्नुभएको छ,” उनले भने । किसान तहमा सय कोसा भएको एक घरी केराको औसत पाँच सय रुपियाँ मूल्य पर्छ । यसलाई आधार बनाउने हो भने बीमामा दाबी भएको १० करोड रुपियाँ बराबरको केरा भनेको दुई हजार घरी अर्थात् दुई हजार बोट हो । गोरखापत्रमा खबर छ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments