किसानबाट सोझै उपभोक्तामा तरकारी पुगेपछि विचौलियाको अन्त्य

स्याङ्जा : लकडाउनका कारण किसानको तरकारी विक्रि हुन छाडेपछि चिन्तित बनेका किसानलाई स्याङ्जामा राहत मिल्ने भएको छ । लकडाउनको कारण किसानले उत्पादन गरेको कृषि उपजले सहज बजार नपाएको गुनासो आएपछी भीरकोट नगरपालिकाले खरिद विक्रि केन्द्रको स्थापना गर्दै सहजता प्रदान गरेको छ ।

भीरकोट नगरपालिकाले कृषकको उत्पादन खरीद गर्ने र सोही मुल्यमा उपभोक्तालाइ बिक्री गर्ने अभियानको शुरुवात गरेसँगै बिचौलीयाको अन्त्य भएको छ । तरकारी उत्पादन गरेर आफ्नो जिविकोपार्जन गर्दै आएका स्याङजा भीरकोटका किसानले उत्पादन गरेको तरकारी बारीमै कुहिन थालेपछि भिरकोट नगरपालिकाले कृषी उपज खरिद तथा बिक्री केन्द्र स्थापना गरेको छ ।

अब यहाँका कृषकले आफ्नो खेतबारीमा उत्पादन भएको तरकारी जन्य बस्तु बिक्री बितरण गर्न भीरकोट बसपार्कमा स्थापना गरीएको खरिद तथा बिक्री केन्द्रमा ल्याउन सक्नेछन् । नगरपालिकाले किसानको तरकारी जन्य बस्तु खरिद गरिदिएपछि किसानहरु खुशी भएका छन् । कृषकले बिक्री गरेकै मुल्यमा उपभोक्ताले खरीद गर्न पाउने भएकोले बिचौलीयाको समस्या अन्त्य भएकोमा कृषकहरु निकै हर्षित बनेका छन् ।

किसानले लकडाउनका कारण तरकारी बिक्रि हुन नसकेको गुनासो गरेपछि नगरपालिकाले यो अभियानको थालनी गरेको नगरपालीकाले जनाएको छ । किसानका उत्पादनलाई खेर जान नदिन नगरपालिकाले नै खरिद विक्रिको जिम्मा लिएको मेयर छाँयाराम खनालले बताए ।

भीरकोट नगरपालिकाले २ जना कर्मचारी बिक्री बितरण केन्द्रमा खटाएको छ । किसानले दैनिक तरकारीजन्य बस्तुको बजार मुल्य अनुशार दैनिक मुल्य सुची तोक्न पाउनेछन् ।

सामाजिक दुरी कायम गर्दै किसानले बिहान ११ बजेसम्म केन्द«मा तरकारी ल्याइपु¥याउनुपर्ने छ । भने ११ देखी ४ बजेसम्म उपभोक्ताले केन्द्रबाट हरीयो र ताजा तरकारी खरीद गर्न सक्नेछन् । सगरमाथा टेलिभिजनमा खबर छ।

श्रीकृष्ण सिग्देल

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments