पाल्पामा तरकारी ढुवानीमा रोक , बिक्री गर्न नपाउँदा किसान चिन्तित

पाल्पा : लकडाउनका कारण उत्पादित तरकारी बिक्री गर्न नपाउँदा पाल्पाका ग्रामीण कृषक समस्यामा परेका छन् ।

स्थानीय तहले तरकारीको ढुवानीमा रोक लगाउँदा बजार नपाएर उनीहरुको तरकारी बिक्री हुन नसकेको हो ।

अहिले पाल्पाका रिब्दीकोट, छहरा, पालुङमैनाली लगायतका गाउँमा बन्दा, सिमी, गोलेभडा, काँक्रो, घिँरौला जस्ता तरकारी तथा फलफूल प्रशस्त उत्पादन भएको छ ।

सदरमुकाम तानसेन आसपासका केही स्थानीय तहले कृषकले उत्पादन गरेको तरकारी ढुवानीमा अनुदान दिएर बजारमा सस्तो मूल्यमा बिक्री गर्दै आएका छन् । तर गाउँमा पहुच नहुने कतिपय कृषकको भने उत्पादित तरकारी बिक्री गर्ने व्यवस्था नहुँदा आफुहरु मर्कामा परेको गुनासो गरेका छन् ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments