अनुदानमा कुखुराको चल्ला वितरण

चितवन: चितवनको इच्छाकामना गाउँपालिकाले विपन्न परिवारलाई अनुदानमा स्थानीय कुखुराको चल्ला वितरण गर्ने भएको छ । त्यस क्षेत्रका पर्यटकीय गन्तव्यमा आउने पर्यटकलाई नयाँ स्वाद दिलाउने उद्देश्यले स्थानीयलाई चल्ला वितरण गर्न लागिएको हो । गाउँपालिका अध्यक्ष गीता गुरुङले आइतबार एक साताको सूचना प्रकाशित गरी विपन्न परिवारलाई सम्पर्कमा आउन आह्वान गरिएको जानकारी दिनुभयो । उनीहरुलाई स्थानीय जातको कुखुराको चल्ला खरिदमा ७५ प्रतिशत अनुदान दिइनेछ ।

स्थानीयसँग भएको खोर र पाल्नसक्ने क्षमताका आधारमा कम्तीमा २० वटा चल्ला दिइने र क्षमता भएमा सङ्ख्या थप गर्न सकिने उहाँको भनाइ छ । के–कति निवेदन आउँछ त्यसका आधारमा वितरण थालिनेछ । उहाँले ३०० परिवारजतिलाई चल्ला वितरण गर्ने लक्ष्य राखिएको बताउनुभयो । यसले स्थानीयको जीवनस्तर उकास्न र पर्यटकलाई नयाँ स्वाद दिन सकिने उहाँको भनाइ छ ।

इच्छाकामना मन्दिर, सिराइचुली, उपरदाङ्गढी, लामो झरना जान र घुम्न पर्यटक आउने गर्दछन् । त्यस क्षेत्रका बासिन्दा र होमस्टे भएका हात्तीवाङ, मायाटार, चोकडाङ, सराथोक, साथीमुढेलगायतका क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारलाई चल्ला वितरणको प्राथमिकतामा राखिएको छ । पछिल्लो समय स्थानीय जातका कुखुराको माग बढ्दै गएको छ । गाउँ घुम्न जाने जो कोहीको इच्छा स्थानीय कुखुरा खाने हुने गर्दछ । गाउँपालिकाले थोरै लगानीमा विपन्नलाई सहयोग पु¥याउन कार्यक्रम प्रभावकारी हुने जनाइएको छ । (रासस)

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments