बारीमै कुहिन थाल्यो तरकारी किसान मारमा

लाम: इलामको विभिन्न ठाउँमा उत्पादन हुँदै आएको तरकारी बारीमानै कुहिएको छ । इलामका तरकारी कृषकहरु तरकारी विक्री नभए पछि मारमा परेका हुन ।

विश्वभरि नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण देशमा लकडाउन भए पछि इलामका किसानले आफुले उत्पादन गरेको तरकारी विक्री गर्न नपाएका हुन । कृषकको वारीमा अहिले वन्दा कोपी, काउली, मुला लगायतका तरकारी वाली बारीमा नै कुहिएको छ ।

लकडाउनको समयमा आफुहरुले लगेर विक्री गर्ने अवस्था पनि नरहेको र स्थानीय सरकारले कुनै चासो नदेखाएकोले आफुहरु ठूलो मारमा परेको इलाम नगरपालिका ४ धारापानीका किसान विनोद रिजाल वताउँछन् ।

इलामा व्यवसायिक तरकारी खेतिगर्ने किसान धेरै छन् । तर अहिले देशमा भएको लकडाउनको कारण तरकारी नविकेपछि वाली कुहिएर वारीमै नष्ट भएको छ । कतिपय कृषकले त वाली नै नलागाएको पनि वताउँछन् । यता इलामको स्थानीय वजारमा वाहिरबाट तरकारी आएको तर स्थानीय उत्पदनलाई प्राथामिकता नदिएको पनि इलाम नगरपालिका ७ का कृषक वुद्धिमान राईको गुनासो छ ।

इलामका अधिकांश ग्रामीण भेगका किसानहरुले तरकारी खेती गर्दै आएका थिए । उनीहरुको तरकारी इलाममा रहेका स्थानीय वजार लगायत झापा, विराटनगर र भारतको पश्चिम वंगालको सिलिगुडीमा सम्म विक्री हुँदै आएको थियो न्युज24 मा खबर छ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments