बिचौलियाले गर्दा आँपको उचित मूल्य नपाएकाे किसानको गुनासो

जिवछ यादव
लहान:
आँपको राजधानीको रुपमा चिनिएको सिरहाको लहानमा किसानहरूले आँपको उचित मूल्य पाउन नसकेको गुनासो पोख्न थालेका छन् । जेठको अन्तिम सत्तादेखि मालदह, दशहरी र बम्बई आँपको खरिद बिक्री सुरु हुने गर्दछ ।

कहिल्यै पनि उचित मूल्य पाउन नसकेको किसानहरू यस वर्ष कोरोना महामारीले निम्तयाएको समस्याको कारण झन् मारमा परेको लहान १३ का बलिराम यादव बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘किसानसँग २५ रुपियाँ किलोमा खरिद गरेका मालदह बम्बई प्रजातिका रसिलो र मीठो आँप व्यापारीहरूले दोब्बर मूल्यमा बिक्री गर्छन् । आँप र दूधको मूल्य लहानका उत्तरी भेगका किसानले पाउने हो भने किसानलाई सम्पन्न हुन समय लाग्दैन तर प्रत्येक वर्ष घाटा सहेर नै बेच्नुपर्ने बाध्यता छ ।’

लहान १९ का अर्का किसान राम अधिन यादवका अनुसार आँपको मूल्य निर्धारण गरेर एकद्वार प्रणलीबाट खरिद गरेर किसानलाई उचित मूल्य दिलाउन स्थानीय र प्रदेश सरकारले अनुगमन र व्यवस्थापनमा ध्यान दिनुपर्दथ्यो तर त्यसो भइरहेको छैन । आँपमा मज्जर लागेको बेला औषधि छर्ने समयमा लकडाउनले गर्दा औषधी पाउन नसक्दा मज्जरको २० प्रतिशत मात्रै सप्रियो । ‘यतिबेला आँप बिक्री गर्न बजार आँउदा मूल्य नै छैन । जताबाट पनि मार किसानलाई नै सहनु परिरहेको छ ।’ राम अधिकाे गुनासो छ ।

लहान कृषि शाखाका प्रमुख प्रकाश साहका अनुसार आँप र तरकारीमा सधैँ बिचौलियाले नै राम्रो कमाइ गर्ने र किसानले घाटा सहनुपर्ने गुनासो जायज नै हो । लहान नगरपालिका कृषि शाखाले लहानको २४ वडामा रहेको २१ वटा कृषि सहकारीहरूलाई सक्रिय गराउन खोजे पनि सक्रिय नहुँदा यो समस्या समाधान हुन सकिरहेको छैन । लहान नगरपालिकाले प्राविधिक र कानुनी प्रावधानमा सहयोग गर्ने हो यसको लागि कृषि सहकारीहरूलाई सक्रिय हुनु आवश्यक छ ।आजको गोरखापत्र अनलाइनमा खबर छ

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments